Neobux

ref:

http://earn4refer.com/ref.php?page=act/ref&invcod=112726

Sunday, November 25, 2012

मनकामना माईको मन्दिर

मनोकांक्षा पुरा गर्ने देवीका रुपमा प्रसिद्धि पाएकी मनकामना माईको मन्दिर गोरखा जिल्लाको महत्वपूर्ण पर्यटकीय धार्मिक स्थलका रुपमा रहेको छ ।

गोरखा सदरमुकामबाट दक्षिण पूर्व भागमा अवस्थित यस धार्मिक तीर्थस्थलमा जानको लागि गणितीय हिसावमा काठमाडौंबाट लगभग १०२ कि.मी. को दुरी मोटरबाटो यात्रा गरे पश्चात् पैदल यात्राबाट जाने यात्रुहरुका लागि पृथ्वीराज मार्गको आवुँखैरेनीबाट मस्र्याङ्दी नदीको सानो पुल तरेर ३/४ घण्टाको उकालो पैदल यात्रा पार गरेर जानु पर्ने हुन्छ । तर हिजो आज मनकामना भ्रमणमा जाने यात्रुहरुको लागि केवलकारको सुविधा पनि उपलब्ध रहेको छ ।

पृथ्वी राज मार्गको चितवन जिल्लाको किरिनटार नजिकै चरेस भन्ने स्थानबाट मनकामना मन्दिर परिसर नजिकै सम्म करीव 2.8 कि.मी. लम्वाई रहेको केवलकार सेवा संचालन भएको छ । उक्त दुरी तय गर्न १०/१२ मिनेट लाग्दछ । मनकामना दर्शनार्थ जाने यात्रुहरुको सुविधाका लागि हिजो आज काठमाडौं तथा नेपालका अन्य शहरीक्षेत्रहरुबाट केवलकारको संचालनस्थल पृथ्वी राजमार्गको चेरेस भन्ने ठाउँसम्म बस सेवाहरु संचालन भएको छन् ।

केवलकारको सेवा उपलव्ध भएपछि मनकामना दर्शनमा जाने प्रवल इच्छा हुँदा हुँदै पनि शारीरिक कमजोरीको कारण पैदर हिड्न नसकिने भै भगवती माईको दर्शन गर्न जान विमुख हुन परेका भक्तजनहरुका लागि र अन्य पर्यटकीय दृष्टिकोणबाट मनकामना जान इच्छुक सबैका लागि केवलकारको सेवाले सहज सजिलो रमाइलोसँग जान सकिने भएको छ ।

शाह वंशका राजा र नेपाली जनताको साझा राष्ट्रिय इष्ट देवीको रुपमा रहकीले मनकामना माई नेपाल राज्यमा अति नै मान्य एवं विशिष्ट देवी भगवतीको रुपमा रहेकी छन् ।
 

No comments:

FEEDJIT Live Traffic Map